निर्वाचनबाट भाग्ने र निर्वाचन हुँदैन भनेर अफवाह फैलाउनु न्यायोचित होइन: गृहमन्त्री अर्याल
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्न खोज्नु र चुनाव नहुने अफवाह फैलाउनु न्यायोचित नभएको बताए।
- उनले सरकार निर्वाचन गराउन दृढ रहेको र लुटिएका हतियार तथा फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीका रूपमा लिएको बताए।
- आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले तयारी गरिरहेको छ।
पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको प्रमुख कार्यभार नै निर्वाचन भएकोले निर्वाचनबाट भाग्ने र चुनाव हुँदैन भनेर अफवाह फैलाउनु न्यायोचित नभएको बताएका छन् ।
सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै उनले यो सरकारको निर्माण नै निर्वाचनबाट निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने उद्देश्यले बनेको भन्दै चुनाव गर्न दृढ रहेको बताए ।
‘लोकतन्त्रको अभिन्न अङ्ग विधिको शासन र निष्पक्ष र धाँधली रहित निर्वाचन हो । निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनेर अफवाह फैलाउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु न्यायोचित हुँदैन,’ उनले भने, ‘यो सरकारको निर्माण नै निर्वाचनबाट निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने उद्देश्यले बनेको हो । सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ ।’
उनले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौती मानेकाले त्यसलाई समाधान गर्न सरकार जिम्मेवार भएर लागेको बताए ।
‘राजनीतिक दलले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा लिएका छन्,’ उनले भने, ‘यसमा सरकार वार्ता, संवाद र छलफलका लागि खुला छ । लुटिएका हतियार बरामदका लागि विशेष अपरेसन चलाएर गृह मन्त्रालयले काम गरिरहेको छ ।’
फरार कैदीबन्दीमध्ये ७० प्रतिशत फिर्ता आइसकेका अर्यालले दाबी गरे । बाँकी कैदीबन्दी पनि आउने क्रममा रहेका उनको भनाइ छ ।
अर्यालले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दृढ भएर लागेको बताएका छन् । निर्वाचन तोकिएकै मितिमा हुने र त्यसका लागि आवश्यक तयारी सरकारले गरिरहेको बताए ।
‘निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकार दृढ भएर लागेको छ । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कार्यविधि तयार भएर कार्यान्वयनमा छ,’ उनले थपे, ‘निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको तयारीका लागि सरकारले यो सुरक्षा गोष्ठी गरेको हो । यसमा प्रदेशको शान्ति सुरक्षा चुनौती विश्लेषण गर्ने, आवश्यक तयारी गर्ने, निर्वाचनको तयारी गर्न खुलेर छलफल गरिनेछ र निष्कर्षमा पुगिनेछ ।’
निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारको समेत भूमिका भएकोले सहयोगका लागि उनले आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण