बृहत्त स्वास्थ्य शिविर : सेवा लिने पुरुषको सङ्ख्या न्यून
कैलाली । कैलालीमा परिवार व्यवस्थापन सेवा अन्तर्गत सञ्चालित बृहत्त स्वास्थ्य शिविरमा दुई सय ११ जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका छन् । सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा चालु आवमा स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको थियो ।
जिल्लाका विभिन्न १० स्थानमा सञ्चालन गरिएको घुम्ती शिविरमा सन्तानको रहर पूरा भएका एक सय ९३ महिला र १८ जना पुरुषले स्थायी बन्ध्याकरण सेवा लिएका स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँले जानकारी दिए ।
परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । शिविरमा स्थायी बन्ध्याकरण सेवा लिने महिलाको तुलनामा पुरुषको सङ्ख्या भने न्यून रहेको उनले बताए ।
कार्यालयले यही मङ्सिर ८ देखि २६ गतेसम्म जिल्लाका विभिन्न १० स्थानमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको उनको भनाइ छ । स्थायी बन्ध्याकरणपछि पुरुषलाई काम गर्न अप्ठ्यारो हुन्छ भन्ने भ्रमलगायत कारणले स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम हुने गरेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरले बताए ।
गत आव २०८१/८२ मा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा दुई सय ४२ जनाले सेवा लिएको जनाइएको छ । यसमध्ये महिला दुई सय २० र पुरुष २२ जना रहेको थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवार व्यवस्थापन सेवा अन्तर्गत विशेष गरेर बृहत्त स्वास्थ्य शिविर सञ्चालनमा सेवा प्रदायकसस्थाहरुसंग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति लिएको छ । यसबाट परिवार व्यवस्थापन सेवा थप प्रभावकारी भएको जनाइएको छ । मन्त्रालयले परिवार व्यवस्थापनको घरदैलो सेवा समेत उपलब्ध गराउँदै आएको छ ।
जिल्ला जनस्वास्थ्य /स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्र मार्फत् आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमै बन्ध्याकरण शिविर आयोजना गर्ने समझदारीको ढाँचामा सेवा प्रदान गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण