कैलालीबाट भट्ट उपमहासचिव, रावलसहित ५ जना केन्द्रीय सदस्य निर्वाचित
बिहीबार, ०३ पुस २०८२, १७ : ५९
धनगढी । नेपाल कम्युनिस्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिमको कैलाली जिल्लाले बलियो उपस्थिति देखाएको छ ।
महाधिवेशनबाट कैलालीका नेता लेखराज भट्ट पदाधिकारी अर्थात् उपमहासचिव पदमा निर्वाचित भएका छन् भने अन्य ५ जना नेताहरू केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् ।
पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत कैलालीबाट प्रतिनिधित्व गर्दै नेता झपट बहादुर रावल र पूर्वमन्त्री गौरीशंकर चौधरीलगायत नेताहरू केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा झपट बहादुर रावल, गौरीशंकर चौधरी, सन्तोष शर्मा थापा, लीला भण्डारी र कमला ओली रहेका छन्, उनीहरू पाँचैजनाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका हुन् । केन्द्रीय सदस्यमा निर्वाचितमध्ये सन्तोष कुमारी शर्मा (थापा) हाल सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
-
नेपाल–भारत सम्बन्ध ‘रिसेट’
-
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण