मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पोखरामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिहीबार, ०३ पुस २०८२, १८ : ४२
बिहीबार, ०३ पुस २०८२

कास्की । पोखरा महानगरपालिका-७ स्थित पुरानो एयरपोर्ट नजिकैको सडकमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो ग १ ख ९५९७ नम्बरको बस र ग १० प ११८६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ४५ वर्षीय मेरमान गुरूङको ज्यान गएको हो। स्याङ्जाको बिरूवा गाउँपालिका-७ घर भई हाल पोखराको बिरौटा बस्दै आएका गुरूङ दुर्घटनामा गम्भीर घाइते भएका थिए।

दुर्घटनालगत्तै उद्धार गरी उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत कारणबारे जिल्ला प्रहरी कार्यालय कास्कीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप