केन्द्रीय सदस्यमा पराजित भएपछि पूर्वमाओवादी नेताले त्यागे एमाले
सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो वक्तव्य जारी गर्दै उनले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विष्टले जम्मा ८७५ मत प्राप्त गरी पराजय बेहोरेका थिए । अध्यक्ष केपी शर्मा ओली समूहबाटै टिकट पाउनेमा विश्वस्त रहेका विष्ट अन्तिम समयमा ओलीको आधिकारिक सूचीमा नअटाएपछि ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका थिए ।
सुर्खेत निवासी विष्ट तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुग्दा कर्णाली प्रदेश सभा सदस्य पदसमेत त्यागेर एमालेमा प्रवेश गरेका थिए ।
२०७४ मा सुर्खेत १ (१) बाट माओवादी केन्द्रका तर्फबाट प्रत्यक्ष निर्वाचित विष्टले सांसद पदको त्यागलाई एमाले नेतृत्वले कदर नगरेको गुनासो गरेका छन् ।
राजीनामा पत्रमा विष्टले अध्यक्ष ओलीसँगको भेटमा आफूले ‘दास र मालिक’ को जस्तो व्यवहार महसुस गरेको गम्भीर आरोप लगाएका छन् । मंसिर २४ गते अध्यक्ष ओलीसँग भएको ‘वन टु वन’ वार्तामा ओलीले ‘सीसी बैठकमा किन त्यस्तो बोलेको ? मलाई सबै थाहा छ’ भन्दै हप्काएको र आफूलाई सम्मानित कार्यकर्ताभन्दा पनि क्षमादान माग्न आएको दास जस्तो व्यवहार गरिएको उनले उल्लेख गरेका छन् ।
विष्टले एमालेभित्र पूर्वमाओवादी वा अन्य पार्टीबाट आएकाहरूलाई सधैं ‘अंगीकृत’ र दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘वंशज र अंगीकृतको रूपमा वर्गीकृत गर्दै गुण्डु हेडक्वार्टरबाट संस्थागत लिस्ट वितरण गरियो । साम, दाम, दण्ड, भेद प्रयोग गरी म लगायतका नेता–कार्यकर्तालाई चक्रव्यूहमा पारेर हराइयो ।’
जननेता मदन भण्डारीको विचारलाई कैद गरिएको र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समेत अपमान गरिएको भन्दै उनले एमाले नेतृत्व आदर्श र मूल्य मान्यताबाट स्खलित भएको निष्कर्षसहित पार्टी छाडेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण