मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

एमाले महाधिवेशन : सुदूरपश्चिमबाट उपमहासचिव भट्टसहित २७ नेता केन्द्रीय नेतृत्वमा (सूचीसहित)

शुक्रबार, ०४ पुस २०८२, ११ : ५३
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • नेकपा एमालेको महाधिवेशनले सुदूरपश्चिम प्रदेशबाट एक उपमहासचिवसहित २७ जना केन्द्रीय नेतृत्वमा निर्वाचित गर्यो।
  • लेखराज भट्ट उपमहासचिवमा निर्वाचित हुँदा कर्ण बहादुर थापा, निरु पाल लगायतका नेताहरू केन्द्रीय सदस्यमा निर्वाचित भए।
  • राजेन्द्रसिंह रावल, नारदमुनि राना र वीर बहादुर थापा जस्ता नेताहरू भने नेतृत्व चयनमा पराजित भए।

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनले सुदूरपश्चिम प्रदेशबाट एक पदाधिकारीसहित २७ जनालाई केन्द्रीय नेतृत्वमा निर्वाचित गरेको छ । नयाँ नेतृत्व चयनका क्रममा अघिल्लो कार्यकालमा सचिवको जिम्मेवारी सम्हालेका लेखराज भट्ट यस पटक पदोन्नति हुँदै उपमहासचिव पदमा विजयी भएका छन् ।

भट्टसँगै सुदूरपश्चिमका अन्य २६ नेताहरूले केन्द्रीय सदस्य र विभिन्न आयोगमा स्थान सुरक्षित गरेका छन् । निर्वाचित हुनेमा पूर्वमन्त्री तथा स्थापित नेताहरू कर्ण बहादुर थापा, निरु पाल, दामोदर भण्डारी, गणेश सिंह ठगुन्ना र लीला भण्डारी लगायत रहेका छन् ।

केही नेताहरू पराजित

नेतृत्व चयनको प्रतिस्पर्धामा सुदूरपश्चिमका केही प्रभावशाली नेताहरू भने पाखा लागेका छन् । पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद राजेन्द्रसिंह रावल, पूर्वसांसद नारदमुनि राना तथा तारा लामा तामाङ यस पटक केन्द्रीय कमिटीमा अटाउन सकेनन् । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा ’पाताल’ ले पनि पराजय भोग्नुपरेको छ ।

सुदूरपश्चिमबाट निर्वाचित हुने नेताहरूको नामावलीः

  • पदाधिकारी:

१. लेखराज भट्ट – उपमहासचिव (कैलाली)

  • केन्द्रीय सदस्यहरू:

२. कर्ण बहादुर थापा (बाजुरा)

३. गणेश सिंह ठगुन्ना (दार्चुला)

४. निरु देवी पाल (कञ्चनपुर)

५. लीला भण्डारी (कैलाली)

६. झपट बहादुर रावल (कैलाली)

७. पठान सिंह बोहरा (डडेल्धुरा)

८. लाल बहादुर थापा (बाजुरा)

९. कृपाराम राना (कञ्चनपुर)

१०. झपट बहादुर बोहरा (अछाम)

११. लिलाधर भट्ट (बैतडी)

१२. गौरीशङ्कर चौधरी (कैलाली)

१३. सन्तोष शर्मा थापा (कैलाली)

१४. कमला ओली (कैलाली)

१५. अफिलाल ओखेडा (बझाङ)

१६. यज्ञ बोगटी (अछाम)

१७. आशा बीसी (बझाङ)

१८. कमला बोहरा (कञ्चनपुर)

१९. दामोदर भण्डारी (बैतडी)

२०. सहदेव बोगटी (बाजुरा)

२१. ऐन बहादुर महर (बझाङ)

२२. चक्र मल्ल (डोटी)

२३. नरेश रोकाया (बाजुरा)

२४. भागरती सिंह (बझाङ)

२५. गोविन्द गिरी (बैतडी)

आयोगका पदाधिकारी/सदस्यः

२६. ईश्वर प्रसाद खरेल – सचिव, लेखा आयोग (कञ्चनपुर)

२७. पवित्रा तिमिल्सेना – सदस्य, अनुशासन आयोग (कैलाली)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप