धनगढीमा चार दिनदेखि लागेन घाम, चिसोले जनजीवन कष्टकर
सारांश
- सुदूरपश्चिम प्रदेशको धनगढीमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ।
- चिसो बढेपछि बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै स्वास्थ्यकर्मीले सचेत गराएका छन्।
- शीतलहरका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र सवारी चालक बढी मारमा परेका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गत बिहीबारदेखि घाम नझुल्किँदा र लगातारको बाक्लो हुस्सु तथा कुहिरोका कारण चिसो निकै बढेको छ। लगातारको शीतलहरले गर्दा यहाँको जनजीवन प्रभावित हुन थालेको छ।
बिहीबारयता धनगढी र आसपासका क्षेत्रमा आकाश खुलेको छैन। बिहान र साँझको समयमा बाक्लो कुहिरोले सहर ढाक्ने गरेको छ भने दिउँसो पनि घाम नलाग्दा कठ्याङ्ग्रिदो चिसो अनुभव भइरहेको छ।
चिसो बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूले विशेषगरी बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विशेष ख्याल गर्न सुझाव दिएका छन्। स्वास्थ्यकर्मी जानकी रावलका अनुसार यो समयमा निमोनिया, रुघाखोकी र श्वासप्रश्वास सम्बन्धी समस्या देखिन सक्ने भएकाले न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खान आग्रह गरिएको छ।
अत्यधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरहरू सबैभन्दा बढी मारमा परेका छन्। चिसोमा काम गर्न कठिनाई उनीहरूले भोग्नुपरेको छ।
बाक्लो हुस्सुका कारण सडकमा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकहरूलाई सावधानीपूर्वक र कम गतिमा गाडी चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।
धनगढीको आजको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण