मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा ४ जना घाइते

शनिबार, ०५ पुस २०८२, १३ : ०७
शनिबार, ०५ पुस २०८२

बैतडी । बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै आज बिहान १० बजेतिर सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा ८ च ९०५२ नम्बरको अल्टो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर बझाङको खप्तडछान्ना गाउँपालिका–२ घर भएका ४२ वर्षीय देवेन्द्र थापा, सोही ठाउँकी ४० वर्षीया गीताकुमारी खड्का, सोही ठाउँकी ३७ वर्षीया दिपेश्वरी हमाल र कञ्चनपुरको बेदकोटका ३८ वर्षीय केशवराज जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

दुवै सवारी साधन बैतडीको पाटनबाट धनगढीतर्फ जाँदै गरेको जनाइएको छ । घुम्तीमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक सिंहले बताए । घाइतेको अवस्था सामान्य रहेको र चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना हुँदा अल्टो सडकबाट करिब ५ मिटर तल खसेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप