कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
कञ्चनपुर । दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ ।
गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए । घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुँदैछ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारको घटनाको यथार्थ बझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहेका छन् । समितिलाई छानबिन गर्न सात दिनको समयावधि दिइएको प्रजिअ ढकालले जानकारी दिए ।
“आज पनि कारागारको अनुगमनमा जाँदैछौँ”, उनले भने, “घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत पेस गर्ला ।” नाइकेहरुले कारागारभित्र एकाधिकार गरेको आरोपसहित यहाँ कैदीबन्दी आन्दोलित भएका थिए । कैदीबन्दीले नाइकेहरुले आफूहरुले पाउने सेवा सुविधामा आर्थिक चलखेल गर्ने र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण