मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

धनगढीमा घरको जगमा पुरिएर एक जनाको मृत्यु

सोमबार, ०७ पुस २०८२, २१ : ३१
सोमबार, ०७ पुस २०८२

धनगढी । धनगढी उपमहानगरपालिका–५, हसनपुरमा घरको जगमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

अन्दाजी ५२ वर्षीय दिपेन्द्र जोशीको पुरानो घरको जगबाट इट्टा निकाल्ने क्रममा खाल्टोमा पुरिएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार जोशी घर मर्मतका लागि पुरानो घरको इट्टा निकाल्ने काम गर्दै थिए ।

उक्त कामका क्रममा अचानक जमिन खसेर र उनी खाल्टोमा पुरिएका हुन। घटना स्थलबाट जिल्ला प्रहरी कार्यालय कैलाली र धनगढी नगर प्रहरीको टोलीले उद्धार गरी अस्पताल पुर्‍याए पश्चात् चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप