सोमालियामा खडेरीका कारण ४६ लाख मानिस प्रभावित
काठमाडाैँ । सोमालियामा खडेरीजन्य विपत्ति उल्लेखनीय रूपमा गहिरिँदै गएको अधिकारीहरूले सोमबार बताएका छन् । अधिकारीहरूले देशभरि लामो समयसम्म खडेरी रहँदा यसबाट ४६ लाख मानिसहरू प्रभावित भएका संयुक्त राष्ट्रसङ्घ (युएन) राहतमामिला हेर्ने निकायले सोमबार बताएको छ ।
शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय नियोग (ओसीएचए) ले दुई मुख्य वर्षा ऋतुमा न्यून बर्षाका कारण खडेरी र यसका कारण निम्तिएको सङ्कटले देशलाई गाँजेको छ।
सहयोगको लागि कोषको कमीले यसलाई जटिल बनाएको छ र यसका कारण पहिले नै खराब मानवीय अवस्था रहेको सोमालियामा अझ खराब सङ्कट निम्तिएको छ।
सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा सोमालियाका अधिकारीहरूले पशुपालन र खेतीयोग्य जीविकोपार्जनको सम्भावित पतन र जीवनलाई रोक्न तत्काल सहयोगको लागि अपिल गरिरहेका छन्।
आगामी चार महिना सङ्कटको अवस्था बढ्ने अधिकारीहरूले चेतावनी दिएका छन् । अर्को वर्षा सन् २०२६ अप्रिलसम्म हुने अपेक्षा गरिएको छैन।
ओसीएचएले भनेको छ,'अर्को वर्ष जनवरीदेखि मार्चसम्म रहने सुख्खा मौसमले पहिले नै अवलोकन गरिएको खडेरीको अवस्था, पानीको अभाव, असामान्य पशुधन बसाइँसराइ र पशुधनको मृत्युमा वृद्धि हुने सम्भावना बढेको छ ।' यसलेसोमालियाका धेरै भागहरूमा तीव्र खाद्य असुरक्षा बढ्ने देखिएको अधिकारीहरूले बताएका छन् ।
विशेष गरी देशको मध्य, दक्षिणी र उत्तरी क्षेत्रहरूमा खडेरीको प्रभाव गम्भीर छ, तर यो अन्य क्षेत्रहरूमा पनि फैलिरहेको छ । यसले पहिले नै खाद्य सङ्कटको अभाव झेलिरहेका समुदायहरूलाई थप किनारामा धकेलिरहेको छ ।
संयुक्त राष्ट्रसङ्घ आपतकालीन राहत संयोजकले संयुक्त राष्ट्रसङ्घ केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषबाट खडेरीसँग जुध्न प्रारम्भिक कार्यको लागि एक करोड अमेरिकी डलर छुट्याएको छ । यसबाट छ लाख तीन हजारभन्दा बढी मानिसहरूलाई सहयोग गर्ने लक्ष्य लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण