रवि लामिछानेको पक्षमा सुदूरपश्चिमका कतिले गरेका थिए हस्ताक्षर ?
मङ्गलबार, ०८ पुस २०८२, १३ : ४१
सारांश
- रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको भन्दै देशभर हस्ताक्षर अभियान चल्यो।
- सुदूरपश्चिम प्रदेशमा २ लाख ५० हजारदेखि ३ लाखको हाराहारीमा हस्ताक्षर सङ्कलन भयो।
- पार्टीका अनुसार यो अभियान कैलाली, कञ्चनपुर र अछाममा प्रभावकारी रह्यो।
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको भन्दै पार्टीले देशभर हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । सो क्रममा सुदूरपश्चिम प्रदेशमा पनि उल्लेखनीय हस्ताक्षर भएको रास्वपाको तथ्यांकले देखाएको छ।
देशभरबाट सङ्कलन गरिएको करिब ४० लाख हस्ताक्षरमध्ये सुदूरपश्चिमबाट २ लाख ५० हजारदेखि ३ लाखको हाराहारीमा हस्ताक्षर सङ्कलन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए।
यो हस्ताक्षर एक कागजी प्रक्रिया मात्र नभई जनताको स्वतस्फूर्त समर्थनको प्रतीक भएको उनको भनाइ छ । ‘हामीले चोक–चोकमा टेबल राखेर हस्ताक्षर मागेका हौँ, गाउँ–गाउँ पुगेको भए यो सङ्ख्या अझै ठूलो हुन्थ्यो,’ उनले भने।
विष्टका अनुसार यो हस्ताक्षर अभियान विशेषगरी कैलाली, कञ्चनपुर र अछाममा निकै प्रभावकारी देखिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण