बालविवाहबारे अभिभावक सचेत भए, बालबालिका आफूखुसी भाग्न थाले
सारांश
- सुदूरपश्चिममा बालविवाह नियन्त्रणमा आउन नसकेको, किशोरकिशोरी आफैँ भागेर विवाह गर्न थालेको कुरा कार्यक्रममा उठान भयो।
- बालविवाहका कारण गरिबी, सामाजिक सञ्जालको दुरुपयोग र पुराना संस्कारलाई मुख्य कारकको रूपमा औंल्याइयो।
- कानुनको फितलो कार्यान्वयन र सामाजिक स्वीकृतिले बालविवाहलाई प्रोत्साहन दिएको र शिक्षामा नकारात्मक असर परेको निष्कर्ष निकालियो।
धनगढी । कानुनले २० वर्षभन्दा कम उमेरको विवाहलाई बालविवाह मानेको छ । यद्यपि सुदूरपश्चिममा बालविवाह नियन्त्रणमा आउन सकेको छैन । पहिला अभिभावकहरू नै बालविवाह गराइदिन उद्यत हुन्थे भने अहिले कानुन, सामाजिक चेतनाका कारण अभिभावकहरू सचेत भए पनि किशोर–किशोरी आफैँ भागेर विवाह गर्न थालेका छन् ।
लू निभा बाल सरोकार समूह र शिक्षा अधिकार अनुगमन समूह नेपालद्वारा सुदूरपश्चिममा आयोजित एक कार्यक्रममा बालविवाहले शैक्षिक क्षेत्रमा पारेको प्रभावबारे छलफल भयो । उक्त कार्यक्रममा सहभागी सरोकारवालाहरूले बालविवाहको कारक परिवर्तन भएको र यसले बालबालिकाको भविष्यमा जोखिम निम्त्याइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
धनगढी नगरस्तरीय बाल सञ्जालका अध्यक्ष मातृका प्रसाद उपाध्यायका अनुसार बालविवाह हुनुमा गरिबी, देखासिकी, सामाजिक सञ्जालको दुरुपयोग र पुराना संस्कारहरू मुख्य कारण हुन् । ‘बालसञ्जालकै एक किशोरले एक वर्ष अघि बालविवाह गरे । उनलाई सम्झाउन र विवाह छुटाउन खोज्दा उल्टै समस्या पैदा भयो । अहिलेको पुस्तामा प्रेमको नाममा सानै उमेरमा भाग्ने प्रवृत्ति डरलाग्दो छ,’ उनले भने ।
_jvGWe7lCgR.jpg)
उपाध्याय विद्यालयमा सँगै पढ्ने साथीहरूले विवाह गरेको देख्दा छक्क पर्छन् । उनको बुझाईमा कानुनको फितलो कार्यान्वयन र सामाजिक स्वीकृति नै यसको मुख्य जड हो ।
‘हाम्रो समाजले बालविवाहलाई बिस्तारै स्विकार्छ । कार्ड नै छापेर भोज खुवाइन्छ, अधिकारकर्मी र जनप्रतिनिधिहरूसमेत सहभागी भइदिन्छन् । यसले बालविवाह गर्नेहरूलाई थप प्रोत्साहन मिल्छ,’ उपाध्ययले भने ।
लू निभाका अध्यक्ष डा. रुपा मुनाकर्मीका अनुसार संस्थाले गरेको रिसर्चमा अहिले ३३ प्रतिशत महिलाको विवाह १८ वर्ष मुनिकै उमेरमा हुने गरेको पाइएको छ । विशेषगरी १३ देखि १९ वर्षको उमेर समूहमा आफैँ भागेर विवाह गर्नेहरूको संख्या उच्च रहेको उनले बताइन् ।
‘गरिबी, असुरक्षा र लैंगिक असमानता त छँदैछ, तर अहिलेको मोबाइल संस्कृति, भिडियो र चलचित्रले बालबालिकामा भ्रम पैदा गरिरहेको छ । खानपानका कारण शारीरिक रूपमा चाँडै परिपक्व देखिने तर मानसिक रूपमा तयार नहुने अवस्थाले पनि उनीहरूलाई विवाहको निर्णय लिन उक्साएको देखिन्छ,’ उनले भनिन् ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख झंकर रावल शिक्षाको अधिकार मौलिक हक भए पनि बालविवाहले यसलाई कुण्ठित गरेको बताए । १६ देखि २० वर्षभित्रको उमेरमा हुने बालविवाहको दर बढी रहेको उनको भनाइ छ ।
‘बालविवाहले जन्मदर्तामा समस्या ल्याउँछ, जसले गर्दा बच्चाको पहिचान र राज्यबाट पाउने सुविधामा असर पर्छ । कैलालीको चुरे क्षेत्रमा यो समस्या झन भयावह छ,’ उनले भने ।
यस्ता समस्याप्रति अभिभावक सचेत भएर पछिल्लो समय अभिभावकहरू बालविवाह नगराउन सचेत देखिए पनि प्रेम प्रसङ्ग, देखासिकी लगायतका कारण किशोर–किशोरी
यस्तै, धनगढी उपमहानगरपालिका शिक्षा शाखाका घुम्मन बडायकले ऐन–कानुनमात्र बनाएर समस्या समाधान नहुने बताए । ‘हामीले समस्याको जड पहिचान गर्नुपर्छ । बालबालिका किन भाग्छन् ? उनीहरूलाई विद्यालय र घरमा कस्तो वातावरण दिइएको छ ? यसबारे गम्भीर हुन जरुरी छ,’ उनले भने ।
लू निभाका कार्यकारी निर्देशक तथा शिक्षा अधिकार अनुगमन समूहका राष्ट्रिय संयोजक नरेन्द्र डंगोलका अनुसार सुदूरपश्चिमका डडेल्धुरा लगायतका विभिन्न जिल्लामा आफैँ भाग्ने ट्रेन्ड बढेको छ । बाआमाले रोक्न खोज्दा पनि लुकिछिपी भाग्ने र पछि समाजले स्विकार्ने अवस्थाले कलिलो उमेरमै भागेर विवाह गर्ने प्रवृत्ति बढेसँगै किशोरकिशोरीमा शिक्षाको स्तर खस्कँदो रहेको उनले बताए ।
‘विवाहपछि बालबालिकाहरू विद्यालय छोड्न बाध्य हुन्छन् । सानै उमेरमा आमा बन्दा शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर समस्या आउँछ,’ गैरसरकारी संस्था पिसविनका जुद्ध रावलले भने, ‘बालविवाह गरेका जोडीहरूलाई कानुनी दायरामा ल्याउन खोज्दा अर्को ठुलो जोखिम हुन्छ ।’
_VMFyvpEWma.jpg)
उनीहरूलाई जबरजस्ती छुटाउँदा आत्महत्या गर्ने वा घरबाट पलायन हुने जोखिम बढ्ने भएकाले यो विषय अत्यन्तै संवेदनशील रहेको रावलको भनाइ छ ।
नेपालको कानुनले २० वर्ष नपुगी गरिने विवाहलाई अपराध माने पनि गरिबी, मोबाइलको दुरुपयोग र उत्साहित उमेरका कारण बालबालिकाहरू बालविवाहको सिकार बनिरहेका हुन् । सचेतनाको अभाव र आधुनिक प्रविधिको नकारात्मक प्रभाव नै बालविवाह रोकथाममा मुख्य चुनौती बनेको सरोकारवाला बताउँछन् ।
बालविवाह रोक्न कानुनको डण्डामात्र पर्याप्त छैन, बालबालिकालाई गुणस्तरीय शिक्षा, मानसिक परामर्श र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनु आजको आवश्यकता रहेको विद्यार्थी संगीता भट्टले बताइन् । ‘जबसम्म बालबालिका आफैँ आफ्नो भविष्यप्रति सचेत हुँदैनन्, तबसम्म कलिलो उमेरमै भागेर विवाह गर्ने क्रम रोक्न कठिन देखिन्छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण