हल गोरु पाल्ने दुर्गमका किसानलाई नगद प्रोत्साहन
बैतडी । हल गोरु पाल्ने दुर्गमका कृषकले प्रोत्साहन रकम पाउने भएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सिगास र डिलाशैनीका हल गोरु पाल्ने कृषकलाई रु पाँच हजार दिइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख गुमानीदत्त पन्तले बताए ।
प्रदेश सरकारको हल गोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रु १० लाख बजेट रहेकाले चार स्थानीय तहका दुर्गम वडामा बस्ने नियमित हल गोरु पाल्ने कृषकलाई रु पाँच हजार प्रोत्साहन स्वरुप दिन लागिएको हो ।
एकै कृषकले परम्परागत रुपमा हल गोरु पालेको भए गाउँपालिका पशु विकास शाखामा निवेदन दिनुपर्नेछ । पन्तका अनुसार एक गाउँपालिकाबाट ५० जना हल गोरु पालन गर्ने कृषक गाउँपालिकाले छनोट गरिनेछ । निवेदन दिने म्याद यही पुस २७ गतेसम्म रहेको छ ।
गाउँपालिकाभित्र दुर्गम वडाका न्यून आय भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । गाउँपालिकाहरुसँग समन्वय गरेर कार्यक्रम गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण