घरवारविहीन महरालाई दुई लाख २५ हजार आर्थिक सहयोग हस्तान्तरण
बैतडी । घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई रु दुई लाख २५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
विभिन्न व्यक्तिहरूबाट सङ्कलित उक्त रकमलाई आज हस्तान्तरण गरिएको सहयोग सङ्कलनका अभियान्ता तथा पत्रकार सुरेश महराले जानकारी दिए ।
जानकीका श्रीमान् नरेश महराको गत मंसिर १८ गते मिनिट्रक दुर्घटनामा परी निधन भएको थियो । श्रीमान्काे निधनपश्चात् घरसमेत नरहेकी जानकीले किरियाकाे समयमासमेत छिमेकीको घरमा बसेकी थिइन् ।
नरेशले यसअघि नै घरजग्गा सबै बेचेका थिए । घरजग्गा सबै बेच्नुका साथै रातदिन कुटपिट गर्ने नरेशको पीडा सहन नसकेर जानकी पाटनस्थित सुरक्षित आवासगृहमा बस्दै आएकी थिइन्।
लगत्तै श्रीमान्काे मृत्युपश्चात् जानकी र बालबच्चा बिचल्ली भएपछि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । अभियानबाट सङ्कलित रकम मंगलबार हस्तान्तरण गरिएको हो । जानकीको बैंक खातासमेत नहुँदा पत्रकार महराले नै सहयोग सङ्कलन अभियान चलाउनुभएको थियो । सहयोग गर्नुहुने सबै दाताहरूलाई धन्यवादसमेत ज्ञापन गरिएको छ ।
यसैबिच पीडित जानकी महराको काठमाडौँस्थित किरण नमस्ते नेपाल संस्था र ग्रेस एकडेमी स्कुलमा बालबालिकाको पठनपाठनको व्यवस्था गरेको छ । जानकी बालबच्चासहित काठमाडौँ जाने तयारीमा छिन् । जानकीका दुई छोरी र एक छोरा छन् ।
सहयोग गर्न चाहनेले जानकी महराको बैतडीस्थित ग्लोबल आईएमई बैंकको खाता नम्बर ३८७०७०१००१४८१८ जम्मा गर्नसक्नुहुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण