प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा तीन वर्ष अगाडि सङ्घीय सरकारले निर्माण गरेको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन छ ।
निर्माण सम्पन्न भएको तीन वर्षभन्दा बढी भइसक्दासमेत स्वामित्व हस्तान्तरण नहुँदा उक्त ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो ।
‘होल्डिङ सेन्टर’को स्वामित्व हस्तान्तरणको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
“होल्डिङ सेन्टरको स्वामित्व तीन तहका सरकारमध्ये कसले लिने भन्ने अहिलेसम्म कुनै निर्णय भएको छैन”, उनले भने, “एक पटक रक्षा मन्त्रालयले स्वामित्व कसले लिने, के सञ्चालन गर्ने भनेर एउटा समिति गठन गरेको थियो । त्यसपछि स्थानीय प्रशासनलाई कुनै जानकारी आएको छैन ।”
“नेपाली सेनाले निर्माण गरेको हो । सञ्चालन ढाँचा के हुने भनेर रक्षा मन्त्रालयबाट आउनुपर्ने हो । अहिलेसम्म केही जानकारी आएको छैन”, उनले भने, “होल्डिङ सेन्टरको हाल नेपाली सेनाले नै रेखदेख गरिरहेको छ ।”
एक हजार क्षमताको होल्डिङ सेन्टरमा ५९ वटा ब्लक, २० वटा क्वारेन्टिन, दुई वटा चिकित्सक कक्ष, २२ वटा शौचालय र १५ वटा भान्साकोठा निर्माण गरिएका उनले जानकारी दिए ।
सङ्घीय सरकारको रु २८ करोड ८१ लाख लागतमा विसं २०७८ वैशाखमा निर्माण सुरु भएको ‘होल्डिङ सेन्टर’ विसं २०७९ साउनमा निर्माण सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण