करेन्ट लागेर वडा सदस्यको मृत्यु
मङ्गलबार, ०८ पुस २०८२, २३ : २१
सारांश
- डाेटीमा करेन्ट लागेर जोरायल गाउँपालिका-६ का वडा सदस्य खेम साउदको मृत्यु भएको छ।
- आफ्नै कोठामा बिजुलीको तार सर्ट हुँदा उनलाई करेन्ट लागेको थियो र छातीमा चोट लागेको थियो।
- उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा उनको मृत्यु भएको हो, प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
धनगढी । डाेटीमा करेन्ट लागेर वडा सदस्यको मृत्यु भएको छ ।
मंगलबार जोरायल गाउँपालिका–६ गापरमा करेन्ट लागेर सोही वडाका वडा सदस्य २८ वर्षीय खेम साउदको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै कोठामा रहेका उनकाे बिजुलीको तार सर्ट हुँदा छातीमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई आफन्तहरूले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएका थिए ।
उपचारका क्रममा साँझ ५ बजेर २७ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण