चीनमा एसयूभी कार दुर्घटनामा ८ जनाको मृत्यु
चीन । दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर पोखरीमा खसेपछि बालबालिका सहित आठ जनाको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ ।
घटना साङ्घाईबाट ४८० किलोमिटर पश्चिममा ग्रामीण क्षेत्र पेन्जे काउन्टीमा भएको पानीको पेखरीमा भएको जनाइएको छ ।
पिपुल्स डेली प्रेस अन्तर्गतको प्रकाशन न्यू सेक्युरिटीका अनुसार हालैको वर्षाले गर्दा चिप्लो भएको सडकको तल्लो भागमा उक्त कार दुर्घटना भएको हो ।
सात सिटको एसयूभी सामान्यतया यस क्षेत्रका निजी शिशुस्यार (किन्डरगार्टेन) मा जाने बच्चाहरूलाई ओसार पसार गर्न प्रयोग गरिएको रिपोर्टले जनाएको छ ।
“दुर्घटनाको समयमा किन्डरगार्टेनका धेरै बालबालिका गाडीमा सवार रहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।
काउन्टी सुरक्षा अधिकारीहरूले प्रकाशित गरेको अघिल्लो वक्तव्यले चालक सहित आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
विज्ञप्तिमा अन्य पीडितहरूको बारेमा कुनै जानकारी नदिइएको तर अनुसन्धान जारी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण