नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
बैतडी । पाटनस्थित नयाँ सहर आयोजनाको कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको छ । बैतडीसहित दार्चुला र बझाङ जिल्ला हेर्नेगरी उक्त आयोजना सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको हो ।
सरकारले विसं २०६८ मा नयाँ सहर विकास आयोजना अघि बढाउने उद्देश्यले पाटनमा कार्यालय स्थापना गरेको थियो । नयाँ सहर विकाससँग सम्बन्धित काम पनि अब यही कार्यालयबाटै अघि बढाइने कार्यालयका इञ्जिनियर प्रकाशकुमार शाहले जानकारी दिए ।
यसैबिच सघन सहरी तथा भवन निर्माण आयोजनाको पाटन कार्यालय प्रमुखको रूपमा झङ्कबहादुर थापा नियुक्त भएका छन् । इञ्जिनियर शाहले भने, “नयाँ सहरको कार्यालय अब सघन सहरी आयोजनामा समाहित भएको छ । नयाँ सहरसँग सम्बन्धित सबै काम यही कार्यालयबाट समन्वय गरिनेछ ।”
नयाँ सहरसँग सम्बन्धित महत्त्वपूर्ण काम हाल अलपत्र अवस्थामा रहेकाले कामलाई पूर्णता दिने उद्देश्यले एकिकृत गरिएको उनले बताए । “मुख्य रूपमा जग्गा एकीकरणको काम अझै सुरु हुन सकेको छैन भने निर्माण गरिएका अधिकांश संरचना प्रयोगमा आएका छैनन्”, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण