सामाजिक सुरक्षा भत्ता अनियमितताः वडासचिवसँग २ लाख धरौटी माग्ने आदेश
काठमाडौँ । विशेष अदालतले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितताको अभियोग लागेका कैलालीको जानकी गाउँपालिका वडा नं १ का वडासचिव प्रेम बहादुर बुढासँग २ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरु हेमन्त रावल र विदुर कोइरालाको इजलासले बुढालाई २ लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश जारी गरेको हो ।
गत असोज ३१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली, जानकी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित वडासचिब प्रेम बहादुर बुढासहित वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, बिजय बहादुर रावल, शेर बहादुर विश्वकर्मा, खरिदार पूर्ण बहादुर विष्ट, कार्यालय सहयोगी सोनम कठरियाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
उनीहरूमाथि सोही वडामा नै मृत्युदर्ता पञ्जीकरण भएको, एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेखसमेत बनाई जम्मा ६८३ जना लाभग्राहीको प्रतिवादीहरू आफैले औँठाछाप लगाई प्रमाणितसमेत गरेको आरोप थियो । त्यस्तै नवीकरण नै नभएको लाभग्राहीको रकम निकासा गरी/गराई प्रतिवादीहरूले आफूसमेतलाई लाभ र गाउँपालिका र नेपाल सरकारलाई हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको पनि आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण