सुर्खेत विमानस्थलमा नेपालकै पहिलो विपद् उद्धार पोखरी निर्माण सुरु
सुर्खेत । सुर्खेत विमानस्थल परिसरभित्र मानवीय सहायता तथा विपद् उद्धारका लागि पोखरी निर्माण सुरु गरिएको छ । शुक्रबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पोखरी निर्माणको शुभारम्भ गरे । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा उक्त पोखरी निर्माण गर्न लागेको हो ।
सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना, सुर्खेत विमानस्थल एयरबेसको हाताभित्र निर्माण हुने उक्त पोखरीबाट आगलागीका घटनामा हेलिकप्टर मार्फत पानी भरेर जंगलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले बताए ।
उनका अनुसार उक्त प्रविधिलाई ‘बम्बी बकेट’ भनिन्छ, जसको अर्थ हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो । यसले पोखरी वा तालबाट पानी भरेर जंगलको डढेलो वा अन्य आगलागीमा खसालिन्छ । उपसचिव गौतमले उक्त पोखरी अधिकतम ९७ फिट लामो र १३ फिट गहिरो हुने बताए । नेपाली सेनाको प्राविधिक सहयोग रहने उक्त पोखरी निर्माणका लागि करिब ९९ लाख ९६ हजार २०० रुपैयाँ लाग्ने उपसचिव गौतमले बताए ।
विमानस्थलभित्र मानवीय सहायताका हिसाबले उक्त पोखरी नेपालकै पहिलो हुनेछ । पोखरी निर्माण भएपछि प्रदेश सरकारले नेपाली सेनालाई हस्तान्तरण गर्नेछ ।
शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले विपद्का घटना अकस्मात् हुने हुँदा पूर्व तयारीका लागि पोखरी उपयोगी हुने बताए । उनले बढ्दो सहरीकरणका कारण आगजनीका घटना दिन प्रतिदिन बढिरहेकाले हेलिकप्टरका साथै दमकलबाट समेत आगलागी नियन्त्रणमा उक्त पोखरी निर्माणले सहज हुने बताए ।
प्रदेश सरकारले विपद् न्यूनीकरण गर्न नेपाली सेना लगायत सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको छ,’ उनले भने, ‘विपद् न्यूनीकरणमा सबैको सामूहिक प्रयास आवश्यक हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमित स्रोत, भारी अपेक्षा: कसरी हुन्छ पूरा ?
-
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुनः निर्वाचित
-
एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण