एमाले छोडेका शाह बाजुराबाट उम्मेदवार सिफारिस
सारांश
- प्रकाशबहादुर शाहलाई नेकपाले बाजुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ।
- उनी एमाले छाडेर भीम रावलको नेतृत्वमा रहेको 'मातृभूमि जागरण अभियान' मार्फत नेकपामा प्रवेश गरेका हुन्।
- पार्टीले समानुपातिकतर्फ हिक्मतजंग शाही, बिनिता विक र सञ्जय कटेलको नाम सिफारिस गरेको छ।
धनगढी । नेकपा (एमाले) परित्याग गरी नयाँ राजनीतिक यात्रा सुरु गरेका नेता प्रकाशबहादुर शाहलाई नेपाली कम्युनिस्ट पार्टीले बाजुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको छ।
एमाले परित्याग गरेपछि उनी नेता भीम रावलको नेतृत्वमा रहेको ‘मातृभूमि जागरण अभियान’ मा लागेका थिए । रावलको ‘मातृभूमि जागरण अभियान’ अहिले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेकाे छ ।
सुदूरपश्चिमको राजनीतिमा प्रभावशाली मानिने शाह यसअघिको प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित सांसद हुन् । उनले तत्कालीन एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको भूमिका निर्वाह गरिसकेका छन् ।
साथै, उनले प्रदेश सरकारमा चार वर्षसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नेतृत्व सम्हालेका थिए ।
समानुपातिक र राष्ट्रियसभाका लागि को–को भए सिफारिस ?
नेपाली कम्युनिस्ट पार्टी बाजुराले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा शाहलाई अघि सार्दा समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरेको छ।
पार्टीले पिछडिएको क्षेत्रबाट हिक्मतजंग शाही, दलित महिला क्लस्टरबाट बिनिता विक र अपाङ्गता भएको क्लस्टरबाट सञ्जय कटेललाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
त्यसैगरी, राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि अजबहादुर मल्लको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण