सुर्खेत–२ बाट झकबहादुर मल्ल एकल सिफारिस
सुर्खेत । दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुर्खेत क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले झकबहादुर मल्ल ‘सुदीप’ को नाम एकल सिफारिस गरेको छ ।
आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उनको नाम पार्टी केन्द्रमा पठाइएको हो ।
शुक्रबार उम्मेदवार छनोटको लागि नेकपा जिल्ला कार्य समिति सुर्खेतले बैठकको आयोजना गरेको थियो । जसमा सुर्खेत—२ बाट प्रत्यक्षतर्फको उम्मेदवार हुनका लागि सुरुमा ५ जनाले दाबी गरेका थिए ।
भूपेन्द्र जोशी, खडानन्द लामिछाने, गणेश भण्डारी, डिलु खड्का लगायतले प्रत्यक्षतर्फ उम्मेदवार हुने चाहना देखाएका थिए । दिनभरको व्यापक छलफल पनि मल्लकै नाममा सर्वसम्मत भएको एक नेताले जानकारी दिए ।
प्रदेशको राजधानी वीरेन्द्रनगरसमेत पर्ने उक्त क्षेत्रमा यसअघि ०७९ मा माओवादीले टिकट पाएको थिएन । त्यो बेला कांग्रेस–माओवादी गठबन्धन हुँदा कांग्रेसका हृदयराम थानीले टिकट पाएका थिए । उनले जिते पनि ।
अहिले एकीकृतसहितको नेकपाले पूर्व माओवादी जनमुक्ति सेनाका लडाकु मल्ललाई उम्मेदवार बनाएको ती नेताले बताए ।
मल्ल माओवादी केन्द्र हुँदा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । सशस्त्र युद्धका बेला सुर्खेत जेलब्रेकका कमाण्डर समेत रहेका युवा नेता मल्लको उम्मेदवारीलाई विशेष रूपमा हेरिएको छ । युवाहरूमाझ लोकप्रिय मल्ल पहिलो पटक संसदीय चुनावमा भाग लिन लागेका हुन् ।
सुर्खेत–१ को प्रत्यक्षतर्फ र समानुपातिक दुवै क्षेत्रको उम्मेदवारको टुङ्गो शनिबारसम्म लाग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण