कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
सारांश
- कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
- शुक्लाफाटा नगरपालिका-५ बनसमितिमा भएको दुर्घटनामा मोटरसाइकल चालक गड्डु विकको मृत्यु भयो।
- दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार विरराम पोखरेलको झलारीमा उपचार भइरहेको छ।
धनगढी । कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रवार शुक्लाफाटा नगरपालिका– ५ बनसमिति स्थित पूर्व पश्चिम राजमार्गमा म १ त ९३१ नम्बर को ट्याक्टर र सु प प्र ०२००४ प २६८८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको टाउको र खुट्टामा चोट लागि घाइते भएका थिए।
लालझाडि गाउँपालिका–३ का २६ वर्षका वीरेन्द्र रानाले ट्याक्टर चलाएका थिए। शुक्लाफाटा नगरपालिका– ५ का ४५ वर्षका गड्डु विकले मोटरसाइकल चलाएका थिए। घाइते मोटरसाइकल चालक विकलाई तत्काल झलारी स्थित अस्पतालमा प्राथमिक उपचार पश्चात् महाकाली प्रादेशिक अस्पतालमा उपचार लागि लगेको थियो। उपचारको क्रममा महाकाली अस्पतालमा राति ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार ४० वर्षका शुक्लाफाटा ५ वस्ने विरराम पोखरेल घाइते भएका छन्। उनको झलारीमा उपचार भइ रहेको छ। घटनापछि ट्याक्टर, ट्याक्टर चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण