सुर्खेतमा गाडीको ठक्करबाट एक जनाको मृत्यु
शनिबार, १२ पुस २०८२, ११ : १८
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित फोरलेन सडकको बाँगेसीमल खण्डमा सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपेन्द्र मगराठीका अनुसार गाडीको ठक्करबाट ४३ वर्षीय जंगबहादुर बुढाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक बुढा दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का हुन् । मृतक बुढाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । घटनाको थप विवरण अनुसन्धानको क्रममा रहेको र सीसीटीभी फुटेजसमेत जाँच भइरहेको मगराठीले बताए ।
प्रारम्भिक जानकारी अनुसार, गाडीले ठक्कर दिएर फरार भएको छ । यद्यपि कुन सवारी साधन हो भन्ने पत्ता लागेको छैन । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण