कैलालीको बर्दगोरियामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
शनिबार, १२ पुस २०८२, ११ : २७
सारांश
- कैलालीको बर्दगोरियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- दुर्घटनामा घोडाघोडी नगरपालिकाका २४ वर्षीय विशाल कठरियाको मृत्यु भएको हो।
- मोटरसाइकल पछाडि सवार रिता कठरिया घाइते भएकी छिन्, घटनाबारे अनुसन्धान भइरहेको छ।
धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से ७ प ८१६५ नम्बरको मोटरसाइकल शुक्रबार राति ८ः ३० बजे पुलको किनारमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–११ बस्ने २४ वर्षीय विशाल कठरिया रहेका छन् । विशालको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ।
सोही मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २४ वर्षकी रिता कठरिया घाइते भएकी छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण