बाघको आक्रमणबाट वृद्धाको मृत्यु
आइतबार, १३ पुस २०८२, १६ : ३९
कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले शनिबार भारतको दुधुवा नेसनल पार्कमा घाँस काट्न गएका पुर्नवास नगरपालिका–६ का ७० वर्षीया सुना निरौलाको बाघको आक्रमणमा परी मृत्यु भएको खबर प्राप्त भएको जानकारी दिए ।
“सीमा क्षेत्रबाट करिब अढाई किलोमिटरभित्र बाघले वृद्धाको ज्यान लिएको खबर पाइएको छ”, उनले भने, “दाउरा घाँसका लागि जङ्गलमा हिजो गएको भन्ने स्थानीयले खबर गरेका छन् ।”
प्रहरीले घटनास्थल भारतीय क्षेत्रमा भएकाले आवश्यक प्रक्रिया पनि उतैबाट हुने जनाएको छ । “आवश्यकताअनुसार भारतीय पक्षले हामीसँग पनि समन्वय गर्नेछ”, प्रहरी निरीक्षक कार्कीले भने, “तर भारतीय पक्षबाट अहिलेसम्म केही खबर आएको छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण