पञ्चेश्वरका अध्यक्ष सिंहदरबारमै अनशन बस्ने तयारीमा
धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै सिंहदरबार परिसरमै अनशन बस्ने चेतावनी दिएका छन् ।
विगत एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाइरहेका अध्यक्ष चन्दले मन्त्रालयले आफ्नो मागको सुनुवाइ नगरेको भन्दै आक्रोश पोखेका हुन् ।
अध्यक्ष चन्दले हाकिम नहुँदा गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प भएको बताए।
‘मलाई यहाँ आएको एक महिना भइसक्यो, उता गाउँपालिकामा जनताले कराएको कराइ छन्, सबै काम ठप्प छ,’ चन्दले भने, ‘म एकदम वाक्क दिक्क भइसकेँ ।’
यदि भोलिसम्म पनि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगरे आफू सिंहदरबारभित्रै अनशन बस्ने उनले घोषणा गरेका छन् ।
‘भोलिसम्म कार्यकारीको व्यवस्था भएन भने म यहाँ अनशनमा बस्छु र पत्रकार सम्मेलन गरेर मिडियाबाजी गर्छु। अब यो गर्न अति जरुरी भइसक्यो’ उनले भने ।
अध्यक्ष चन्दले मन्त्रालयका कर्मचारी र संयन्त्रमाथि गम्भीर आरोप लगाएका छन्। सभ्य भाषामा अनुरोध गर्दा मन्त्रालयले नटेरेको उनको गुनासो छ ।
‘यहाँका कर्मचारीहरू पुरानै मानसिकताका छन्, सचिव–सहसचिव लगायत सबै दलाल छन्, चन्दले भने ‘कसैले पैसा दियो भने तुरुन्तै काम गरिहाल्ने, नत्र झुलाएर राख्ने प्रवृत्ति छ। यिनीहरूलाई सङ्घीयता पचेको छैन र सङ्घीयताको मर्म अनुसार काम गर्न चाहँदैनन् ।’
उनले मन्त्रालयले दलालहरूको प्रभावमा मात्र काम गर्ने गरेको र आफूजस्ता दूरदराजका गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधि तथा जनताले सास्ती भोग्नुपरेको बताए ।
अध्यक्ष चन्दले सिंहदरबारको यस्तो प्रवृत्तिको भण्डाफोर गर्न र सबैतिर प्रचार गर्न आवश्यक रहेको समेत औँल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण