बाघको आक्रमणमा परेर वृद्धाको मृत्यु
धनगढी । बाघको आक्रमणमा परेर कञ्चनपुरमा वृद्धाको मृत्यु भएको छ। आइतबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ६ को लामाचोककी ८५ वर्षकी सुना निरौलाको मृत्यु भएको हो । उनको आइतबार भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा शव फेला परेको हो।
उनी शनिबार दिउँसो ३ बजे नेपाल भारत सिमानामा पर्ने हिमचुल्ली सामुदायिक बनमा घाँस काट्न गएकी थिइन्।दिउँसो उनी घर फर्किनन्। आज दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई खबर गरिएको थियो ।
खबरपश्चात् प्रहरीको टोली खोजी कार्यका लागि जाँदै गर्दा उनको शव भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा फेला परेको खबर परिवारका सदस्य प्राप्त गरे।
भारतको सिमानामा शव फेला परेकोले परिवारले भारतीय प्रहरीसँग समन्वय गरेर वृद्धाको शव ल्याएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।
प्रहरीका अनुसार सो क्षेत्रका स्थानीय घाँस काट्ने क्रममा वर्षेनी आक्रमणमा परेर ज्यान गुमाउने गर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
-
सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण