संसद् सञ्चालनमा दुई साता लाग्ने
जनकपुरधाम । गत पुस ६ गते मधेस प्रदेश सभाको सभामुखमा निर्वाचित रामअशिष मण्डलले प्रदेश सभा नियमित रूपमा सञ्चालन हुन अझै कम्तीमा दुई साता लाग्ने बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा प्रदेश सभा कक्ष अव्यवस्थित बनेकाले त्यसलाई व्यवस्थित गर्न समय लाग्ने उनको भनाइ छ ।
सभामुख मण्डलका अनुसार आन्दोलनका कारण सभा कक्षमा भौतिक संरचना तथा आवश्यक व्यवस्थापनमा समस्या देखिएको छ। ती सबै पक्षलाई व्यवस्थित गरेपछि मात्रै राजनीतिक दलहरूसँग परामर्श गरी सदन सञ्चालनको प्रक्रिया अगाडि बढाइनेछ ।
‘पहिले सभा कक्षलाई व्यवस्थित गर्नुपर्ने अवस्था छ,’ सभामुख मण्डलले भने, ‘त्यसपछि सबै राजनीतिक दलसँग छलफल गरेर सदन सञ्चालनको कार्यतालिका तय गरिनेछ। यो प्रक्रिया पूरा हुन कम्तीमा दुई साता लाग्छ ।’
उनले सदनलाई मर्यादित, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताए ।
सभामुखमा निर्वाचित भएलगत्तै सदनको गरिमा कायम गर्नु र संसदीय अभ्यासलाई व्यवस्थित बनाउनु आफ्नो प्रमुख प्राथमिकता रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण