भीम रावलसहित अछामबाट ८ जना उम्मेदवार सिफारिस
सोमबार, १४ पुस २०८२, १५ : २९
धनगढी । नेकपाले अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि भीम रावलसहित ८ जनाको नाम सिफारिस गरेको छ ।
सिफारिस हुनेमा रावलसँगै मदन भुल, कुलबहादुर कुँवर, लोकबहादुर बोहरा, शिवसुन्दर शाही, सरस्वती रावल र ‘नवयुवा’ समूहबाट चन्द्र भण्डारी र पुष्प साउद रहेका छन् ।
रावलले यो क्षेत्रबाट २०५१, २०७० र २०७४ सालमा चुनाव जितेका थिए । २०७९ सालमा यहाँबाट एकल सिफारिस भए पनि एमालेले उनलाई टिकट दिएन । उनको ठाउँमा झपट बोहरालाई एमालेले उम्मेदवार बनाएको थियो । बोहरा त्यसबेला नेकपा एसका नेता शेरबहादुर कुँवरसँग पराजित भएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण