कैलालीमा थपिए १२ मतदान केन्द्र, मतदाता सङ्ख्या साढे ५ लाख नाघ्यो
सारांश
- कैलालीमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १२ वटा मतदान केन्द्र थप गरिएको छ।
- मतदाताको संख्या बढेपछि निर्वाचन आयोगले केन्द्र थप गर्ने निर्णय गरेको हो, जसले गर्दा केन्द्रको संख्या ६४१ पुगेको छ।
- कैलालीमा यस वर्ष १६ हजार ७०८ जना नयाँ मतदाता थपिएका छन्, जसमा महिला, पुरुष र अन्य मतदाताहरू रहेका छन्।
कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलाली जिल्लामा १२ वटा मतदान केन्द्र थपिएको छ। विसं २०७९ को निर्वाचनको तुलनामा मतदाताको सङ्ख्या बढेपछि निर्वाचन आयोगले केन्द्र थप गर्ने निर्णय गरेको हो।
अघिल्लो निर्वाचनमा ६२९ मतदान केन्द्र रहेकामा यस पटक १२ वटा थपिएर कुल ६४१ केन्द्र कायम भएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। जिल्लामा मतदानस्थल भने साविककै २३७ वटा नै कायम रहनेछन्।
कैलालीमा यस वर्ष १६ हजार ७०८ जना नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा ५ लाख ३४ हजार ३४४ मतदाता रहेकामा यस वर्ष कुल मतदाताको सङ्ख्या ५ लाख ५१ हजार ५२ पुगेको छ। कुल मतदातामध्ये २ लाख ८० हजार २४३ महिला, २ लाख ७० हजार ७९८ पुरुष र ११ जना अन्य रहेका छन्। मतदाताको चाप र सुगमतालाई मध्यनजर गर्दै केन्द्रहरू थप गरिएको कार्यालयले जनाएको छ।
पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं ४ मा सबैभन्दा बढी १ लाख १५ हजार १४३ मतदाता रहेका छन्। यस्तै, क्षेत्र नं ५ मा १ लाख १० हजार ५३९, क्षेत्र नं ३ मा १ लाख ९ हजार १२२, क्षेत्र नं १ मा १ लाख ८ हजार ४९१ र क्षेत्र नं २ मा १ लाख ७ हजार ७५७ मतदाता रहेको निर्वाचन कार्यालयको तथ्याङ्क छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण