नेकपा : कञ्चनपुर–१ बाट पत्रकार गिरी पहिलो नम्बरमा सिफारिस
काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुर क्षेत्र नम्बर १ बाट कृष्ण राज गिरी प्रत्यक्षमा पहिलो नम्बरमा सिफारिस भएका छन् ।
नेकपाको जिल्लामा बसेको बैठकबाट कञ्चनपुरका तीन वटै क्षेत्रबाट नाम सिफारिस गरेको हो । कञ्चनपुर क्षेत्र नम्बर १ बाट पत्रकार गिरी पहिलो नम्बरमा सिफारिस भएका छन् ।
गिरी माओवादी विद्रोहमा पूर्णकालीन कार्यकर्ता थिए । उनी जनादेश साप्ताहिक देखि पत्रकारितामा लागेका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि गिरी प्रेस सेन्टरमा आबद्ध थिए ।
गिरीले पूर्णकालीन भएर पार्टीमा लागेका भएपनि अहिलेसम्म कुनै लाभको पदमा पुगेका छैनन् । उनी स्थानीय तहको निर्वाचनमा पनि बेलडाँडी गाउँपालिमा अध्यक्षको लागि सिफारिस भएका थिए ।
अध्यक्षको लागि सिफारिस भएका गिरी रिपोर्टिङको लागि कञ्चनपुरबाट कैलाली जाने क्रममा पुर्नवासमा दुर्घटनामा परेका थिए । गम्भीर दुर्घटनामा परेका गिरीले त्यो समयमा अध्यक्षको टिकट पाएनन् ।
तर पनि गिरीले सधैँ सङ्गठनको काममा लागि रहे । गिरी अध्ययनशील र तर्कशील पत्रकारमा पर्छन् । उनले विभिन्न पुस्तकहरू सम्पादन र नेपाली भाषामा उल्था गरेका छन् । वैचारिक बहस छलफलमा रुचि राख्ने गिरी पहिलो नम्बरमा सिफारिस भएका छन् ।
यो क्षेत्रबाट पाँच जना सिफारिस भएका छन् । अन्यमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पनि उम्मेदवारमा सिफारिस गरेको छ ।
त्यस्तै लोकेन्द्र लम्साल, जीवनराज थापा र भक्तबहादुर अधिकारी रहेका छन् । बिनाले यो क्षेत्रबाट तीन पटक निर्वाचन लडेर दुई पटक पराजित र एक पटक विजयी भएर मन्त्रीसम्म बनिसकेकी छिन् ।
जनपक्षीय पत्रकारिताको क्षेत्रमा गिरी जनादेश साप्ताहिक प्रकाशन हुने बेलादेखिनै प्रवास हुँदै सक्रिय थिए । रातोपाटी, समाचार दैनिक हुँदै हाल शिलापत्र अनलाइनमा काम गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण