सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै
धनगढी । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरी ध्वस्त बनाएको सुदूरपश्चिम प्रदेश सभाको भवन मर्मत सम्पन्न भएको छ ।
चार महिनाको अवधिमा मर्मत तथा पुनःस्थापना कार्य पूरा भएपछि प्रदेश सभा सचिवालयले बैठक सञ्चालन गर्ने तयारी गरेको छ । भवन मर्मतसँगै सभाभित्र कुर्सी, टेबुल, माइक तथा अन्य प्राविधिक उपकरण जडान गरिएको छ । जेनजी आन्दोलनपछि अवरुद्ध रहेको प्रदेश सभाको बैठक अब पुनः सुरु हुने भएको हो ।
आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आगामी बुधबार दिउँसो २ बजेका लागि प्रदेश सभाको बैठक बोलाउने निर्णय गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
उनका अनुसार बैठकको शून्य समयमा प्रदेश सभा सदस्यहरूलाई बोल्न समय दिने कार्यसूची तय गरिएको छ । साथै सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गर्ने र सार्वजनिक लेखा समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची पनि बैठकमा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण