कैलाली फुटबल सङ्घले पारिश्रमिक नदिएको भन्दै रेफ्रीहरूद्वारा तालाबन्दीको चेतावनी
धनगढी । कैलालीका फुटबल रेफ्रीहरूले विगत दुई वर्षदेखि काम गरेको पारिश्रमिक नपाएको भन्दै जिल्ला फुटबल सङ्घविरुद्ध आन्दोलनको चेतावनी दिएका छन् ।
बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै रेफ्रीहरूले आफूहरूको बक्यौता रकम तत्काल भुक्तानी नभए सङ्घको कार्यालयमा तालाबन्दी गर्ने बताएका हुन् ।
रेफ्री दिपेन्द्र खड्का, सुशील राना मगर, रामबहादुर कुन्जेडा लगायतले सङ्घ अन्तर्गत भएका विभिन्न प्रतियोगिता खेलाए बापतको रकम नपाएको गुनासो गरे ।
प्रतियोगिताका आयोजकहरूले रेफ्री खर्च बापतको रकम सङ्घलाई बुझाइसकेको भए पनि सङ्घले उक्त रकम आफूहरूलाई नदिएर रोकेको उनीहरूको आरोप छ ।
सङ्घका महासचिव ललित मिश्रलाई लिखित रूपमा समस्या जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको उनीहरूले बताए। लामो समयसम्म श्रमको मूल्य नपाउँदा आफूहरू मर्कामा परेको भन्दै रेफ्रीहरूले माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण