मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

शुक्लाफाँटाका विद्यालयमा दुई दिन जाडो बिदा

बुधबार, १६ पुस २०८२, २१ : ४१
बुधबार, १६ पुस २०८२

कञ्चनपुर । अत्यधिक चिसो र शीतलहरका कारण शुक्लाफाँटा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

विगत केही दिनदेखि चलिरहेको तीव्र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्यालयको नियमित पठनपाठनमा अवरोध सिर्जना भएकाले विद्यालयमा बिदा दिइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टका अनुसार बढ्दो चिसोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै पुस १७ र १८ गते विद्यालयमा बिदा दिइएको छ ।

“चिसोका कारण साना बालबालिका बढी प्रभावित हुने देखिएकाले दुई दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेका हौँ”, विष्टले भने ।

पछिल्लो समय कञ्चनपुरसहित तराईका जिल्लामा बाक्लो कुहिरो र शीतलहरले चिसो बढेको छ । शुक्लाफाँटा अघि जिल्लाका अन्य स्थानीय तह वेदकोट, कृष्णपुर र भीमदत्त नगरपालिकाले पनि बढ्दो चिसोकै कारण विद्यालयमा बिदा दिइसकेका छन् । शुक्लाफाँटामा २८ सामुदायिक र २५ संस्थागत विद्यालय छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप