मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते

बिहीबार, १७ पुस २०८२, ११ : १७
बिहीबार, १७ पुस २०८२

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । मंगलबार राति साढे ९ बजेतिर भीमदत्त नगरपालिका–१९ बागफाटास्थित शुक्रराज टोलमा पसेको हात्तीलाई धपाउने क्रममा स्थानीय ४० वर्षीय छक्कु डगौरा घाइते भएका हुन्।

गाउँमा पसेको जङ्गली हात्तीलाई भगाउन खोज्दा हात्तीले उल्टै डगौरामाथि आक्रमण गरेको थियो । आक्रमणबाट उनको टाउको, अनुहार र छातीमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते डगौरालाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीस्थित माया मेट्रो अस्पताल रिफर गरिएको छ।

हाल डगौराको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय कञ्चनपुरका विभिन्न क्षेत्रमा जङ्गली हात्तीले जनधनको क्षति पुर्‍याउँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप