मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते

बिहीबार, १७ पुस २०८२, १५ : ०९
बिहीबार, १७ पुस २०८२

पाकिस्तान ।  पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा बुधबार बस र भ्यान ठोक्किदा मृत्यु हुनेको सङ्ख्या १४ जनाको पुगेको अधिकारीहरूले बताएका छन् । यस्तै अरु १६ जना घाइते भएका छन् । 

पशु चिकित्सा र पशु विज्ञान विश्वविद्यालयका खेलाडीहरू खेलकुद कार्यक्रममा भाग लिन लाहोर जाँदै गर्दा उनीहरु सवार बस झाङ जिल्लामा भ्यानसँग ठोक्किएर दुर्घटना भएको जिल्ला उपायुक्त अली अकबरले मिडियालाई बताए । 

ओभरटेक गर्ने प्रयास गर्दा दुवै गाडीको अत्यधिक गतिका कारण एक आपसमा ठोक्किएर दुर्घटना भएको उनले पुष्टि गरे । 

अधिकारीका अनुसार नौ जना यात्रुहरूको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य पाँच जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

पलिल्लो समयमा पाकिस्तानमा सडक दुर्घटनाको ग्राफ चिन्ताजनक रुपमा बढ्दै गएको जनाइएको छ भने लापरवाहपूर्ण सवारी हाक्ने, खराब सडकको अवस्था र सिमित सवारी मर्मतलगायतका कारणले दुर्घटनाका दरहरु बढेको जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप