घरबारविहीन परिवारलाई दुई लाख सहयोग
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ ।
सुर्नया गाउँपालिका–२ कटनोलीका रेखा चन्द र ग्रीस चन्दलाई घर पुनःनिर्माणका लागि उक्त रकम सहयोग गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड सतबाँझ शाखाका प्रबन्धक गोविन्द बिष्टले जानकारी दिए । गत भदौ १५ गते वर्षासँगै आएको पहिराले दुवै जनाको घर भत्किएको थियो । त्यसयता उहाँहरु सतबाँझमा आफन्तकहाँ बस्दैआएका थिए ।
घरवारविहिन रेखा एकल महिला हुन् । दुवै जनालाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको शाखा प्रबन्धक बिष्टले बताउनुभयो । सुर्नया गाउँपालिका–२ का वडाध्यक्ष गणेशबहादुर बिष्ट र बैंकका शाखा प्रबन्धक बिष्टले संयुक्त रुपमा चेक हस्तान्तरण गरिएकाे हो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित परिवारलाई आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । यसअघि पहिरोे प्रभावित परिवारलाई सुर्नया गाउँपालिकाले खाद्यान्न, लत्ताकपडाका साथै जनही रु ५० हजार सहयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण