दोधारा चाँदनीमा बाघको डमरु मृत फेला
बिहीबार, १७ पुस २०८२, २१ : ०४
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको डमरु मृत फेला परेको छ ।
दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वन नजिकै जोगबुढा नदीमा बाघको बच्चा मृत भेटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए।
“करिब एक डेढ महिनाको बाघको बच्चाको मृत्यु भएको छ । नजिकै रहेको भारतीय वन क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरेका छौँ”, उनले भने, “डमरुको शव परीक्षण भइसकेको छ, अब के गर्ने भन्नेबारे विभागले निर्णय गर्छ ।”
नदी किनारमा बाघको डमरु अशक्त अवस्थामा देखेपछि स्थानीयले निकुञ्ज कार्यालयलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण