वीरगन्ज महानगरपालिकामा आज शोक बिदा
सारांश
- वीरगन्ज महानगरपालिकाले कार्यालय सहयोगी राजुकुमार थापाको निधनमा शोक बिदा दिएको छ।
- थापाको पुस १२ गते उपचारको क्रममा निधन भएको थियो, उनी सवारी दुर्घटनामा घाइते भएका थिए।
- महानगरपालिकाले थापाको निधनप्रति दुःख व्यक्त गर्दै शोक सभाको आयोजना गर्यो र परिवारजनप्रति समवेदना प्रकट गर्यो।
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आज शोक बिदा दिएको छ। महानगरपालिकामा कार्यरत कार्यालय सहयोगी राजुकुमार थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरपालिकाले शोक बिदा दिएको हो।
थापा यही पुस ६ गते सवारी दुर्घटनामा गम्भीर घाइते भई उपचाररत रहेकोमा पुस १२ गते उपचारकै क्रममा निधन भएको थियो । दिवङ्गत थापा वीरगन्ज महानगरपालिकामा २०५२ साल माघ १२ गते कार्यालय सहयोगीका रूपमा नियुक्त भई लामो समयदेखि निरन्तर कार्यरत रहँदै आएका थिए ।
उनको आकस्मिक निधनले महानगरपालिका परिवार मात्र नभई सम्पूर्ण कर्मचारी वृत्तमा शोकको वातावरण सिर्जना भएको छ। वीरगन्ज महानगरपालिकाले दिवङ्गत थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
दिवङ्गत थापाको शोकमा शुक्रबार बिहान ११ बजे वीरगन्ज महानगरपालिकाको प्राङ्गणमा शोक सभा आयोजना गरिएको थियो । शोक सभामा महानगर प्रमुखको उपस्थितिमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण लगायत महानगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रशासन प्रमुख सुनिल कर्णका अनुसार आज महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाहरू बाहेक सम्पूर्ण सेवाहरू बन्द रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण