सन् २०२५ मा श्रीलङ्कामा सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या उच्च
श्रीलंका । सन् २०२५ मा श्रीलङ्कामा कुल दुई हजार ५६२ जनाको घातक सडक दुर्घटना परी मृत्यु भएको एक वरिष्ठ प्रहरी अधिकारीले शुक्रबार बताएका छन् । उनका अनुसार सन् २०२४ मा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई हजार २८७ को तुलनामा हाल सङ्ख्या बढेको हो ।
प्रहरी प्रवक्ता एफ. यु. वुटलरका अनुसार सन् २०२५ मा भएका सडक दुर्घटनाहरूमा दुई हजार ७१० जनाको मृत्यु भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३२२ बढी हो । श्रीलङ्कामा हुने करिब ८५ प्रतिशत सडक दुर्घटना मनोवैज्ञानिक कारणसँग सम्बन्धित समस्याहरूका कारण हुने उनले बताए ।
सन् २०२५ मा दुर्घटनाका अन्य मुख्य कारणहरूमा द्रुत गतिमा गाडी चलाउनु, रक्सी पिएर गाडी चलाउनु, थकान र लागु–औषधको प्रयोग लगायतका कारण समावेश भएको वुटलरले बताए ।
घातक दुर्घटनाको दर घटाउन सन् २०२६ मा प्रहरी महानिरीक्षकको सुपरिवेक्षणमा आवाश्यक पहलहरू लागु गरिने पनि प्रवक्ता वुटलरले बताए ।
यस अघि मोटर यातायात आयुक्त कमल अमरसिंघेले सन् २०२६ सम्ममा श्रीलङ्कामा चालकहरूका लागि डिमेरिट पोइन्ट प्रणाली पूर्ण रूपमा लागु गर्ने घोषणा गरेका थिए । जसको उद्देश्य ट्राफिक अपराधीहरूलाई ट्र्याक गरेर र सजाय दिएर सडक दुर्घटनाको बढ्दो संख्यालाई रोक्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण