तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था छैन : विष्णु पौडेल
सारांश
- एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकार निर्वाचनको लागि गम्भीर नभएको आरोप लगाए।
- पौडेलले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हुनुपर्नेमा जोड दिए।
- उनले सरकारको कार्यशैलीले तोकिएको समयमा चुनाव हुनेमा शंका उत्पन्न भएको बताए।
बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले तोकेको मितिमा नै निर्वाचन हुन्छ भन्ने कुरामा अझै विश्वस्त हुन नसकिने बताएका छन्। बुटवलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार गम्भीर नभएको आरोप लगाएका हुन्।
उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित हुनुपर्नेमा जोड दिँदै त्यसका लागि गर्नुपर्ने मुख्य कामहरूमा सरकारको ध्यान नगएको जिकिर गरे। उपाध्यक्ष पौडेलले एमाले सधैँ निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै मतदाताले निर्भयताका साथ मतदान गर्न पाउने र सबै राजनीतिक दलले प्रतिस्पर्धा गर्ने वातावरण सुनिश्चित हुनुपर्ने बताए।
उनले निर्वाचनको तयारीलाई तीव्रता दिन र यससँग जोडिएका यावत कामहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउन सरकारलाई सचेत गराए। सरकारको अहिलेको कार्यशैलीले तोकिएकै समयमा चुनाव हुनेमा आशङ्का उब्जाएको उनको भनाइ छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण