दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल
कैलाली । सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा लगानीमैत्री आर्थिक वृद्धि र वित्तीय सुदृढीकरणको पाटोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
प्रदेश सरकारले तयार पारेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि आज धनगढीमा भएको छलफलमा सहभागीले शिक्षा सुधार, सीप विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन, स्वास्थ्य सेवाको पहुँच विस्तार र मानव विकास सुदृढीकरणलाई योजनाको प्रमुख अङ्ग बनाउनुपर्ने सुझाव दिएका थिए ।
यस्तै, समावेशी सामाजिक विकास, सामाजिक न्याय, महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका समुदायको सशक्तीकरणलाई पनि योजनामा समेट्नुपर्ने सुझाव दिइएको छ ।
सुशासन, पारदर्शिता, संस्थागत क्षमता विकासका साथै सङ्घ, प्रदेश, र स्थानीय तहबीच समन्वय तथा सहकार्यलाई मजबुत बनाउनुपर्ने, कृषि, पशुपालन तथा ग्रामीण अर्थतन्त्रको रूपान्तरण, उद्योग तथा उद्यमशीलता प्रवर्द्धनमार्फत रोजगारी सिर्जना, पर्यटन विकास र प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा पनि सहभागीले जोड दिएका छन् ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष एवं मुख्यमन्त्री कमलबहादुर शाहले दीर्घकालीन लक्ष्य प्राप्तिलाई केन्द्रमा राखेर योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले प्रदेशको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, दिगो नीति र परिणाममुखी कार्यक्रम अपरिहार्य रहेकामा जोड दिए।
प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा जीवन रानाले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा, योजनाको पृष्ठभूमि, आवश्यकता र प्राथमिकतामाथि प्रकाश पारे ।
उनले प्रदेशको सामाजिक, आर्थिक तथा भौगोलिक विशेषतालाई ध्यानमा राख्दै तयार पारिएको योजनाको मस्यौदामा प्रदेशको विकास यात्रालाई व्यवस्थित, समावेशी र दिगो बनाउने लक्ष्यका साथ विभिन्न क्षेत्रलाई समेटिएको बताए।पञ्चवर्षीय योजनाको मस्यौदा निर्माण टोलीका डा हेमराज लामिछानेले अवधारणापत्र प्रस्तुत गरे ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव, मन्त्री, नीति निर्माता, विज्ञ तथा सरोकार भएकाहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण