भीमफेदी सुमो दुर्घटना: मृत्यु हुने ६ मध्ये ४ जनाको पहिचान खुल्यो
सारांश
- मकवानपुरको भीमफेदीमा भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ, जसमध्ये ४ जनाको पहिचान खुलेको छ।
- दुर्घटनामा भारतका दुई र मकवानपुरका दुई जनाको मृत्यु भएको छ, अन्य दुई जनाको पहिचान हुन बाँकी छ।
- दुर्घटनामा सुमो चालकसहित ३ जना घाइते भएका छन्, र उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी सडकखण्डको जुरीखेतमा दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा भारतको बिहारस्थित पटनाका ४२ वर्षीय रजनीश कुमार र बेगुसरायका ५० वर्षीय रविन्द कुमार रहेका छन्।
त्यसैगरी हेटौँडा–४ कमलडाँडाकी ४० वर्षीया सविता लम्साल र हेटौँडा–२ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवालको पनि दुर्घटनामा मृत्यु भएको छ। ज्यान गुमाउने अन्य दुई जना पुरुषको भने अझै पहिचान खुल्न सकेको छैन। अन्दाजी ३५ र ४० वर्षका देखिने उनीहरूको नाम र ठेगाना पत्ता लगाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।
दुर्घटनामा सुमो चालकसहित ३ जना घाइते भएका छन्। घाइते हुनेहरूमा हेटौँडा–४ का ४५ वर्षीय चालक गणेश थापा, सोही स्थानका १२ वर्षीय अभ्यास लम्साल र रौतहटकी २१ वर्षीया रिचा चौधरी रहेका छन्।
उनीहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये चालक थापा र बालक लम्सालको अवस्था गम्भीर रहेको छ भने चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण