मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सम्मानजनक प्रतिनिधित्वको माग गर्दै पेसागत सङ्गठनले देउवालाई बुझाए ज्ञापन पत्र

सोमबार, २१ पुस २०८२, १४ : १९
सोमबार, २१ पुस २०८२

सारांश

  • नेपाली कांग्रेस निकट ६ वटा पेसागत सङ्गठनहरूले महाधिवेशन र पार्टी संरचनामा प्रतिनिधित्वको माग गरेका छन्।
  • उनीहरूले पार्टीको महाधिवेशन र संरचनामा पेसागत सङ्घको प्रतिनिधित्व नभएको भन्दै सभापतिलाई ज्ञापन पत्र बुझाएका हुन्।
  • ज्ञापन पत्रमा लोकतन्त्रप्रति आस्थावान् वर्गमा निराशा उत्पन्न भएको र संस्थागत सहभागिताको आवश्यकता औंल्याइएको छ।

काठमाडौँ । नेपाली कांग्रेस निकट ६ वटा पेसागत सङ्गठनहरूले महाधिवेशन र पार्टी संरचनामा पूर्ण र सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ती सङ्गठनका प्रतिनिधिहरूले ज्ञापन पत्र बुझाएका हुन् । 

पार्टीको महाधिवेशन, केन्द्रीय संरचना तथा निर्णायक निकायहरूमा पेसागत सङ्घ–संस्थाको प्रतिनिधित्व अपेक्षित रूपमा हुन नसकेको अनुभूति व्यापक रूपमा रहेको जनाउँदै उनीहरुले यसले लोकतन्त्रप्रति आस्थावान, पार्टीका दीर्घकालीन समर्थक तथा वैचारिक आधारमा बनेका पेसागत वर्गमा निराशा र असन्तुष्टि पैदा गरिरहेको यथार्थप्रति गम्भीर ध्यानाकर्षण समेत गराएका छन् । 

पार्टीमा पेसागत सङ्गठनहरूको संस्थागत र प्रभावकारी सहभागिता अपरिहार्य भइसकेको जनाउँदै उनीहरुले स्वयं कांग्रेसले पनि विभिन्न सार्वजनिक अभिव्यक्तिहरुमार्फत बौद्धिक वर्गलाई खुला रूपमा आह्वान गर्दै आएको सन्दर्भ समेत पार्टी सभापतिलाई स्मरण गराएका छन् ।

ज्ञापनपत्र बुझाउने सङ्गठनहरूमा नेपाल प्रेस युनियन, डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए), सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन), प्रजातान्त्रिक प्राध्यापक सङ्घ, प्रजातान्त्रिक चिकित्सक सङ्घ र नेपाल शिक्षक सङ्घ रहेका छन् । 

यस्तो छ ज्ञापन पत्र-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप