बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी

सोमबार, २१ पुस २०८२, १८ : ०५
सोमबार, २१ पुस २०८२

सारांश

  • आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
  • कार्यालयले रु पाँच अर्ब ३६ करोड ८३ लाखको लक्ष्य लिएकामा १२१.१ प्रतिशतले वृद्धि गर्दै रु ६ अर्ब ५० करोड ३२ लाख राजस्व सङ्कलन गरेको हो।
  • राजस्वमा अन्तःशुल्कको हिस्सा ८० प्रतिशत रहेको छ भने कार्यालयको कार्यक्षेत्रमा ८२ हजारभन्दा बढी व्यावसायिक करदाता रहेका छन्।

रूपन्देही । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले उक्त अवधिमा रु पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् रु ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो । कार्यालयले गत आवको सोही अवधिमा रु चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए ।

उनका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप