शंकर, विष्णु र गोकर्ण : को कहाँबाट सिफारिस ?
बुटवल । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले लुम्बिनी प्रदेशबाट पार्टीका चार जना पदाधिकारीलाई सिफारिस गरेको छ । उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल र छविलाल विश्वकर्मा चारै जना पदाधिकारी लुम्बिनी प्रदेशका हुन् ।
महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् भने छविलाल विश्वकर्मा रुपन्देही-१ बाट सिफारिस भएका हुन् । उक्त क्षेत्रबाट विश्वकर्मासँगै पूर्व प्रदेश सांसदहरू डा. कृष्ण न्यौपाने र दलिराम न्यौपानेलाई पनि सिफारिस भएका छन् ।
गुल्मी–१ बाट प्रदीप ज्ञवाली, रुपन्देही-५ वटा खिमलाल भट्टराई, कपिलवस्तु–१ बाट विश्राम चौधरी र बाँके क्षेत्र १ सूर्य ढकाल र ३ बाट दलबहादुर सुनार सिफारिस भएका छन् । यस्तै प्युठानमा नेता सूर्य थापा र अर्घाखाँचीमा पीताम्बर भुसाल एकल सिफारिस हुने सम्भावना रहेको बताइएको छ । लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले क्षेत्र र जिल्लाबाट सिफारिस आउने क्रम जारी रहेको बताए ।
एमाले उपाध्यक्ष विष्णु पौडेल तीन क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् । पौडेल रुपन्देही-२, रुपन्देही-३ र पाल्पा-२ बाट सिफारिस भएका छन् । रुपन्देही-३ बाट रूपन्देहीसहित ९ जना सिफारिस भएका छन् । पौडेल २०५६ सालदेखि रुपन्देही-२ बाट लगातार चुनाव लड्दै आएका छन् । २०५१ को चुनाव भने पाल्पाबाट लडेका थिए ।
अर्का उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएका छन् । हालै सम्पन्न एमालेको महाधिवेशन ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विजयी भएका विष्ट गुल्मी-२ बाट २०५६ सालदेखि लगातार चुनाव लड्दै आएका छन् । उनले २०६४ बाहेक अरू सबै निर्वाचन जित्दै आएका छन् ।
के पौडेल पाल्पा जालान् ?
२०७९ को चुनावमा रुपन्देही-२ बाट निर्वाचित भएका विष्णु पौडेल यसपटक पाल्पाबाट उठ्न लागेका त होइनन् भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ । पाल्पा क्षेत्र नम्बर २ मा पनि उनी सिफारिस भएकाले त्यस्तो अनुमान गरिएको हो । तर यस विषयमा पौडेलले हालसम्म केही बताएका छैनन् ।
२०५१ मा आफ्नो पहिलो संसदीय चुनाव पाल्पाबाटै लडेका पौडेल हालसम्म ८ पटक मन्त्री बनिसकेका छन् । २०७९ को चुनावमा रास्वपाका गणेश पौडेलसँग निकै थोरै मतान्तरले विजयी भएका उनी अहिले जित्नेमा ढुक्क नभएकाले फेरि पाल्पा फर्किन सक्ने एमाले कार्यकर्ताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण