सुदूरपश्चिममा रास्वपाले पायो दुई सासंद
धनगढी । नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
सोमबार आयोजित एक समायोजन कार्यक्रमबिच चौधरी रास्वपामा आबद्ध भएका हुन् । उनी २०७९ को निर्वाचनमा कैलाली–१ (२) बाट नाउपाबाट निर्वाचित भएका थिए ।
चौधरीसँगै तत्कालीन नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट नेता लक्ष्मण थारू, राजेश अधिकारी, कोमल ज्ञवालीलगायत नेताहरू पनि रास्वपामा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीभित्र छलफल नै नगरी कम्युनिस्ट पार्टीसँग एकता गरेको विषयमा सुदूरपश्चिमका यी नेताहरू असन्तुष्ट रहँदै आएका थिए ।
यो प्रवेशसँगै सुदूरपश्चिम प्रदेशसभामा रास्वपाका सांसद (निवर्तमान) संख्या दुई पुगेको छ । यसअघि डडेल्धुराबाट स्वतन्त्र जितेका प्रदेश सांसद डा. ताराप्रसाद जोशी रास्वपामा प्रवेश गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण