शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नेतृत्व
धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नेतृत्व चयन प्रक्रिया टुङ्गिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा काठमाडौँमा सम्पन्न विश्वविद्यालय सभाको दोस्रो बैठकले विश्वविद्यालयका लागि उपकुलपति र रजिस्ट्रारको नियुक्ति सदर गरेको हो ।
सभाका सदस्य एवं गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले दिएको जानकारी अनुसार, विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. खेमराज जोशीलाई जिम्मेवारी दिइएको छ ।
प्रा.डा. जयराज अवस्थी संयोजकत्वको सिफारिस समितिले गरेको प्रस्तावका आधारमा यो नियुक्ति गरिएको हो ।
उपकुलपतिका लागि तेस्रो पटकको विज्ञापनपछि दुई जनाको आवेदन परेकोमा डा. जोशीको आवेदन मात्र स्वीकृत भएको थियो भने रजिस्ट्रारमा सिफारिस अन्य दुई जनालाई वैकल्पिक सूचीमा राखिएको छ ।
नवनियुक्त पदाधिकारीसँगै विश्वविद्यालय सभाले पनि पूर्णता पाएको छ। यसअघि नै विभिन्न विज्ञ र प्राज्ञहरूलाई सभा सदस्यमा मनोनीत गरिसकिएको थियो। अब उप्रान्त विश्वविद्यालयका सिनेट बैठकहरू विश्वविद्यालयकै प्राङ्गणमा गर्ने सहमति भएको छ।
साथै, तत्काल ३ सय शय्याको अस्पताल सञ्चालनमा ल्याउने र एमबीबीएस कक्षा सुरु गर्ने विषयमा पनि बैठकमा गम्भीर छलफल भएको मेयर भट्टले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण